WEL-COME TO MY BLOGS TO ALL OF YOU

Friday, November 1, 2013

281. म टाढा टाढा छु नजरमा प्रियाको

म टाढा टाढा छु नजरमा प्रियाको
नचुमेको धेरै भो अधरमा प्रियाको

यादले पिरोल्छ हरदिन हररातभरि
नपुगेको धेरै भयो शहरमा प्रियाको

एक्लै गर्दैछिन् यात्रा आजसम्म उनि
साथ दिनुछ मैले सफरमा प्रियाको

तन र मन दुख्छ पिडा अनन्त हुन्छ
यहि सन्देश आकोछ खबरमा प्रियाको

तड्पिएर बाँचिराछु हजुर साथै नहुँदा
मलाई पनि बेचैनछ असरमा प्रियाको

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- क्याम्प बास्टन,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"