WEL-COME TO MY BLOGS TO ALL OF YOU

Saturday, November 2, 2013

282. भाई आउँछ भन्दै दीदी मखमली उन्दै होलिन्

भाई आउँछ भन्दै दीदी मखमली उन्दै होलिन्
उपहार दिन मेरो लगी जलेरुमल बून्दै होलिन्

पोहर साल नि तिहारमा छुट्टी जान पईन
म आउने बाटो हेरी मनमा कुरा गुन्दै होलिन्

सप्तरंगी टिका र माला सर-समान जुताउँदै
कुन दिउं ढाका-टोपी थरी-थरी चुन्दै होलिन्

सथिसंगी भेला भई देउसी भैलो खेल्दा खेरी
गाउँदै नाच्दा उनिहरु देउसी गीत सुन्दै होलिन्

कति रोयो होला मन सबका भाइ आउँदाखेरि
ति गह भरि आशुँ लिइ आखाँहरु थुन्दै होलिन्

2010(tihar)
रोहित राना
बुटवल-१३रुपन्देही
हाल- क्याम्प बास्टन,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"