WEL-COME TO MY BLOGS TO ALL OF YOU

Sunday, November 3, 2013

283. यहाँ यस्तै उदेक लाग्दो दिन् छ प्रिया

यहाँ यस्तै उदेक लाग्दो दिन् छ प्रिया
अनायासे यो अनुहार मलिन् छ प्रिया

दुरीले तिमि देखि कोसौं टाढा भए नि
सम्झना पलपल छिन्-छिन् छ प्रिया

जन्मभूमि सम्झेर तिमिलाई सम्झेर
नयन बाट अश्रु धारा बर्सिन्छ प्रिया

तिम्रै स्पर्शले पिरोली रहन्छ मलाई
त्यसैले मुटु हरक्षण चस्किन्छ प्रिया

खुशीले विदेशिएको पक्कै नि होइन म
फिर्ता लिनु पर्ने खेतबारी रिन् छ प्रिया

(बैकल्पिक शेर)
रोक्न चाहेर पनि कहिले सकिन मैले
यो पापी समयले के पर्खिन्छ प्रिया??

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- क्याम्प बास्टन,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"