WEL-COME TO MY BLOGS TO ALL OF YOU

Saturday, November 9, 2013

284. हृदयभरि पुरानै घाउको खिल भेटाएँ

हृदयभरि पुरानै घाउको खिल भेटाएँ
अधुरो यो जीवनको मन्जिल भेटाएँ

यो प्रितले नि बैमानी गरे झैं लाग्छ
कतै अँध्यारो कतै झिलमिल भेटाएँ

पिडासँग अपरिचित कोहि देख्दिन
मेरो जस्तै दुखि धेरैको दिल भेटाएँ

निकै भावुकभइ सुनीरहेँ उन्को व्यथा
गहभरि भरिनै आँशु टिलपिल भेटाएँ

नाम मात्रको कानुनको के अर्थ भो र?
निर्दोषकै शरीरभरी दाम निल भेटाएँ


8th nov 13
रोहित राना
बुटवल-१३रुपन्देही
हाल- क्याम्प बास्टन,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"