WEL-COME TO MY BLOGS TO ALL OF YOU

Saturday, November 9, 2013

285. उ त्यो भित्ताको तस्विरमा बाबा हुनुहुन्छ

उ त्यो भित्ताको तस्विरमा बाबा हुनुहुन्छ
सोहि तस्बिर हेरिकन रुँदै आमा हुनुहुन्छ

लापत्ता र बेपत्ता यहि सरकारले गरेको हो
जवाफ देउ सरकार मेरो बा कहाँ हुनुहुन्छ?

कि हामीलाई सास देउ कि त भने लाश देउ
पत्तो छैन नजिक या खै कति टाढा हुनुहुन्छ

द्वन्दमा पति गुमाएकि अवला भन्दै थिइन्
उहाँ इतिहासको पानामा सदासदा हुनुहुन्छ

छोरा छोरा भनेको आवाज सुन्छु सधैं जसो
यस्तो लाग्छ बाबा मेरै दायाँ बाँयाँ हुनुहुन्छ

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- क्याम्प बास्टन,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"