WEL-COME TO MY BLOGS TO ALL OF YOU

Tuesday, November 12, 2013

286. म आफै दोधारमा परेको खबर दिउँ कसरि ?

म आफै दोधारमा परेको खबर दिउँ कसरि ?
मृग जस्तै ओरालो झरेको खबर दिउँ कसरि?

आखाँहरु रुझेका छन् अनि शरीर छ शिथिल
आँशुको महासागर तरेको खबर दिउँ कसरि?

चराहरु जस्तै स्वतन्त्र हुन मलाई नि मन छ
दैवले बाँच्ने अस्तित्व हरेको खबर दिउँ कसरि?

हृदयभरि दर्द सहेर जिउने कोशीस गर्दैछु म
तर आत्मा नर्कमा सरेको खबर दिउँ कसरि?

घिसार्दै घिसार्दै काटेकोछु एक-एक पल मैले
त्यसैले यहाँ ज्यूँदै मरेको खबर दिउँ कसरि?

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- क्याम्प बास्टन,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"