WEL-COME TO MY BLOGS TO ALL OF YOU

Saturday, November 16, 2013

287. लाचारी केवल लाचारी सरकार देखिरहेछु

लाचारी केवल लाचारी सरकार देखिरहेछु
मेरो देश हाक्ने नेता झनै गद्दार देखिरहेछु

आमाकै छातीमा पो उसले आगो लगाउदैछ
नारा जुलुश बन्द यस्तै समाचार देखिरहेछु

कसरि बाँच्न सकिन्छ यस्तो परिस्थितिमा
बाँच्ने स्थिति नै नभएको आधार देखिरहेछु

आफैले गरेर खानु समेत दिदैनन् हजुर यहाँ
दमन शोषण हामीमाथि लगातार देखिरहेछु

दिन दुइगुणा र रात चौगुणा हुँदै गएको छ
छोई नसक्नु मुल्यवृद्धिकै बजार देखिरहेछु

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- क्याम्प बास्टन,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"