WEL-COME TO MY BLOGS TO ALL OF YOU

Monday, May 14, 2012

"गजल"


हरे के'के सोंचेको थिएं,कस्तो भयो प्रेम? 
सबै अमूल्य भन्थें तर,सस्तो भयो प्रेम  
कतै नबुझी गर्दा माया, यस्तै हुन्छ होला 
दुई किनारा नदी का'ति ,यस्तो भयो प्रेम  
ठान्नु बत्तीस  गुर्ण भनी ,गल्ति मेरै रैछ
कालो अंधेरो औंशी रात, जस्तो भयो प्रेम
साँच्ची बितेका पल सोंच्दा,रुन्छ  मेरो मन  
भेटै  नहुने घाम जून, त्यस्तो भयो प्रेम

"गजल"


पीर व्यथा यो मनभरी,बोकेर गजल लेख्छु  
बेहोसीमै तन्न नशा, धोकेर गजल लेख्छु  
आफ्नै जीवनको कथा,लेख्न के को डर र?
भावनाका सबै पंतीहरु,घोकेर गजल लेख्छु  
कसैलाई लाग्दो हो,यो साँच्ची पागल भयो
आँशु धारा छ्ताछुल्ल, पोखेर गजल लेख्छु  
जिउनु पर्ने नै रैछ यहाँ,यो स्वास रहे सम्म
त्यही एक मुठी स्वास,रोकेर गजल लेख्छु  

Sunday, May 13, 2012

"गजल"


अवसर पाउंदा कहिले नि,चुक्नु हुन्न साथी  
नेपाली इत्जत बेग्लै छ है,झुक्नु  हुन्न साथी 
पराईले जे पनि भन्छन, सही बुझौं हामीले 
वर्षा यामको भेल जस्तै, सुक्नु हुन्न साथी  
परी आउंदा वलिदान,दिनु पर्छ देशका लागी
दिलो ज्यान'नि दिनुहोला, लुक्नु हुन्न साथी 
आफ्नोपन नभुल्नु होला, आग्रह सबैलाई मेरो  
कुरै नबुझी'कन नानाभांति, भुक्नु हुन्न साथी  

"मुक्तक"


भावना आज प्रेमको,रोगमा लेखें
बसेरै उनको घरछेंउ,चोकमा लेखें
आखिर अन्मिएर,गईन पराई संगै
वियोगमा पागल भई,शोकमा लेखें 

"गजल"


मलाई तिम्रो त्यो शहर,घिर्णा लाग्दैछ 
नाना-भाँती कस्तो रहर,घिर्णा लाग्दैछ  
जिन्दगिको कथा मेरो,अपूरै छोदिदियौ 
संगै जिउने मर्ने ठहर, घिर्णा लाग्दैछ  
विश्वासको घात गर्यौ,बधाई छ तिम्लाई  
अमृत भनी दियौ जहर, घिर्णा लाग्दैछ 
सपना थियो हाम्रो,जिवन्त संगै रहने 
बिताएका ति'सबै प्रहर,घिर्णा लाग्दैछ     

"गजल" आमा


हजुरकै काखमा निदाउन मन, पराऊँछू आमा 
सपनीमा सधैं आमा-आमा भन्दै,कराऊँछू आमा 
यो विदेशी भूमिमा, आफ्नो भन्नु कोही छैनन 
एक्लै छू त्यसैले कोलाहलमा, हराऊँछू आमा
जिन्दगी भन्दा प्यारो छ,आमा स्नेह हजुरको
छुट्छ की हाम्रो समीप सधैं, डराऊँछू आमा
आशिसले हजुरको मैले,जुनसुकै युद्ध जित्नेछू
टोलाउँदै सधैं कल्पनामा म, बर्बराऊँछू आमा 

"गजल"


सधैं नेपाल बन्द, छि'छि  के भाको
राजनीतिमा  द्वन्द,छि'छि  के भाको
नेताहरु सबै उस्तै,जन्ताका रगत चुस्दै
गर्दैछन देश दुर्घन्ध, छि'छि  के भाको
लोकतंत्र आएनि,हाम्रा आवाज़ सुनिएन?
छैन मुस्कान मन्द, छि'छि के भाको
फोहोरो खेल खेल्दै, देशको वदनाम गर्दै
त्यसैले  हरायो सुघन्ध,छि'छि के भाको 
सान्तवना दिँदैछन,संविधान आउँछ भनी
गर्दैछन खूब घमन्ड,छिछि के भाको