WEL-COME TO MY BLOGS TO ALL OF YOU

Monday, May 14, 2012

"गजल"


पीर व्यथा यो मनभरी,बोकेर गजल लेख्छु  
बेहोसीमै तन्न नशा, धोकेर गजल लेख्छु  
आफ्नै जीवनको कथा,लेख्न के को डर र?
भावनाका सबै पंतीहरु,घोकेर गजल लेख्छु  
कसैलाई लाग्दो हो,यो साँच्ची पागल भयो
आँशु धारा छ्ताछुल्ल, पोखेर गजल लेख्छु  
जिउनु पर्ने नै रैछ यहाँ,यो स्वास रहे सम्म
त्यही एक मुठी स्वास,रोकेर गजल लेख्छु