हरे के'के सोंचेको थिएं,कस्तो भयो प्रेम? |
सबै अमूल्य भन्थें तर,सस्तो भयो प्रेम |
कतै नबुझी गर्दा माया, यस्तै हुन्छ होला |
दुई किनारा नदी का'ति ,यस्तो भयो प्रेम |
ठान्नु बत्तीस गुर्ण भनी ,गल्ति मेरै रैछ |
कालो अंधेरो औंशी रात, जस्तो भयो प्रेम |
साँच्ची बितेका पल सोंच्दा,रुन्छ मेरो मन |
भेटै नहुने घाम जून, त्यस्तो भयो प्रेम |