WEL-COME TO MY BLOGS TO ALL OF YOU

Monday, May 14, 2012

"गजल"


कसैलाई चयन कसैको,पिरमा छ जीवन 
बोक्नु पर्ने घांस दाउरा,भीरमा छ जीवन
बिहान बेलुकी के खाने,छाक तार्नै गाह्रो 
दुःख पीड़ा सहनु पर्ने,शीरमा छ जीवन
लोकतंत्र आए पनि,सुनिएन गरीबका कुरा
गिट्टी कुट्दै बितिराछ,तिरमा छ जीवन
कति  पूजा गर्नु हजूर, कति भेटी  चढाउनु 
ढुंगालाई पुज्छ्न भन्दै,मंदिरमा छ जीवन