यौवनको चाहना,जाग्यो भने थाहा हुन्छ |
लाजका'ति गहना,माग्यो भने थाहा हुन्छ |
पवित्र छौ बुझेकोछु ,कशी लगाउनु पर्दैन |
मायाले सीमाना, नाघ्यो भने थाहा हुन्छ |
स्वप्न तिम्रो विशालै हो,पूर्ण होस कामना |
तर हातमा सुन्य,लाग्यो भने थाहा हुन्छ |
चुरिफुरी अली बेसी नै'छ, होस गर्ने गर्नु है |
वसबाट यही समय,भाग्यो भने थाहा हुन्छ |