गाह्रो भयो मायाजाल,बुन्छु भन्दा पनि |
मनको मैलो आँशुले नै,धुन्छु भन्दा पनि |
जिन्दगी भर रूंनु रैछ, यस्तै हूँनु रैछ |
अश्रुधारा रोकिएन, थुंन्छु भन्दा पनि |
बाचा गरें भर नि परें, घात भो आखिर |
छोड्यौ साथ सधैं तिम्रो,हुन्छु भन्दा पनि |
आगाढ स्नेह सांच्छु, तिम्रै भएर बांच्छु |
गरेनौं बिश्वास तिम्लाई,चुन्छु भन्दा पनि |
बोल्दा नि बोलेनौ,मनको कुरा खोलेनौ |
के थियो मेरो कसूर, सुन्छु भन्दा पनि |