| गजलमा विशेष सिर्जनात्मक,तुक हुनु पर्छ |
| रदीफ काफिया मत्ला वहरको,छुक हुनु पर्छ |
| मन छोवोस,मन रुवस, पढी रहूँ-रहूँ लागोस |
| रसाएर नयनहरु आत्मामा सुक:सुक हुनु पर्छ |
| मिसरा उला मिसरा सानि,भावमा बगे पछि |
| सुन्ने सुनाउने दुवैको मुटु,ढुक:ढुक हुनु पर्छ |
| हर्ष विस्मात आरोह-अवरोह,पीर अनि व्यथा |
| समेतिएका जीवन दर्शन, सुख:दुख हुनु पर्छ |