WEL-COME TO MY BLOGS TO ALL OF YOU

Monday, May 14, 2012

"गजल"


गजलमा विशेष सिर्जनात्मक,तुक हुनु पर्छ 
रदीफ काफिया मत्ला वहरको,छुक हुनु पर्छ  
मन छोवोस,मन रुवस, पढी रहूँ-रहूँ लागोस
रसाएर नयनहरु आत्मामा सुक:सुक हुनु पर्छ
मिसरा उला मिसरा सानि,भावमा बगे पछि
सुन्ने सुनाउने दुवैको मुटु,ढुक:ढुक हुनु पर्छ
हर्ष विस्मात आरोह-अवरोह,पीर अनि व्यथा
समेतिएका जीवन दर्शन, सुख:दुख हुनु पर्छ