अवसर पाउंदा कहिले नि,चुक्नु हुन्न साथी |
नेपाली इत्जत बेग्लै छ है,झुक्नु हुन्न साथी |
पराईले जे पनि भन्छन, सही बुझौं हामीले |
वर्षा यामको भेल जस्तै, सुक्नु हुन्न साथी |
परी आउंदा वलिदान,दिनु पर्छ देशका लागी |
दिलो ज्यान'नि दिनुहोला, लुक्नु हुन्न साथी |
आफ्नोपन नभुल्नु होला, आग्रह सबैलाई मेरो |
कुरै नबुझी'कन नानाभांति, भुक्नु हुन्न साथी |