WEL-COME TO MY BLOGS TO ALL OF YOU

Sunday, May 13, 2012

"गजल"


सधैं नेपाल बन्द, छि'छि  के भाको
राजनीतिमा  द्वन्द,छि'छि  के भाको
नेताहरु सबै उस्तै,जन्ताका रगत चुस्दै
गर्दैछन देश दुर्घन्ध, छि'छि  के भाको
लोकतंत्र आएनि,हाम्रा आवाज़ सुनिएन?
छैन मुस्कान मन्द, छि'छि के भाको
फोहोरो खेल खेल्दै, देशको वदनाम गर्दै
त्यसैले  हरायो सुघन्ध,छि'छि के भाको 
सान्तवना दिँदैछन,संविधान आउँछ भनी
गर्दैछन खूब घमन्ड,छिछि के भाको