WEL-COME TO MY BLOGS TO ALL OF YOU

Saturday, November 22, 2014

313. रहेन यार जीन्दगी पनि जीन्दगी जस्तो

रहेन यार जीन्दगी पनि जीन्दगी जस्तो
लाग्दैछ साहुकोमा राखेको बन्धकी जस्तो

सोँचेको अनि आटेँको कहिल्यै नपुग्ने भयो
भएन जीवन कहिल्यै सुनौलो बिहानी जस्तो

तिम्रा यादहरु पनि कस्तो बेलामा आउछन्
लाग्छ दुरुस्तै यो विनासकारी प्रकृती जस्तो

दुइ छाक तार्न् गाह्रो भएरै विदेशिएको हुँ म
हुँदो रहेनछ खाडीको जागीर सरकारी जस्तो

अहँ!सकिन मैले आमालाइ बचाउन सकिन
न बन्न सकेँ मान्छे नै न त औषधी जस्तो

रोहित राना
बुट्वल-१३, रुपन्देही
"Buddha was born in Nepal"

312. मैले मेरो अस्तित्व मेरै बा'आमामा देखेकोछु

मैले मेरो अस्तित्व मेरै बा'आमामा देखेकोछु
अनि देशको अस्तित्व सगरमाथामा देखेकोछु

मालीले नै फूलको हत्या गरेको सुनियो यहाँ
बरु फूल सुरतक्षित त मैले गमलामा देखेकोछु

याद भुलाउन उस्का सारा तस्विरहरु जलाए नि
तर झन् बेसि किन? उसैलाइ सपनामा देखेकोछु

यि मान्छेहरु हिँडेर कहाँ-कहाँ पुग्छन् होला खै?
जहिले जतिखेर नि यस्तै हतार यात्रामा देखेकोछु

हाम्रो देश बन्नु भनेको त प्रभुकै हातमा रहेछ नि
त्यसैले त नेताहरु हिंडेको प्रभुकै इशारामा देखेकोछु


रोहित राना
बुट्वल-१३, रुपन्देही
"Buddha was born in Nepal"

311. पर्नु परेको छ मनमा पिर भन्नु पो भाछैन

पर्नु परेको छ मनमा पिर भन्नु पो भाछैन
खोटी रैछ आफ्नै तक्दिर भन्नु पो भाछैन

बसन्तको हरियाली झैँ जिवन कहिल्यै भएन
केवल खेपिरहेँं सधैँ शिशिर भन्नु पो भाछैन

यात्रा त सुरु गरेँ तर गन्तव्य नै थाहा छैन
हिँडिराछु भइकन मुसाफिर भन्नु पो भाछैन

सिथिल भइसके केहि गर्छु भन्ने सहासहरु
झन् कमजोर भाछ शरिर भन्नु पो भाछैन

बुबाको हत्यारा हो त्यहि हो मलाइ थाहा छ
चिनेकोछु र पनि आखिर भन्नु पो भाछैन


रोहित राना
बुट्वल-१३, रुपन्देही
"Buddha was born in Nepal"

310. शरीरलाइ फाइदा हुन्छ पिउनुस् पानी बाट

शरीरलाइ फाइदा हुन्छ पिउनुस् पानी बाट
कुरोको चुरो बुझ्नु होला है बुद्धिमानी बाट

मात्र दु:ख, पिडा खेपिरहेछु मैले आजसम्म
सुखको अनुभव भएन यार जिन्दगानी बाट

अब म मेरो हुम्ला, जुम्ला आफै बनाउँछु
छैन रत्तिभर आशा तिम्रो राजधानी बाट

सबै परिवार एकसाथ मिलाएरै राखेकाछन् 
यो पाठ सिक्नु जरुरिछ माहुरीको रानी बाट

उनी पनि म जस्तै 'प्रेम' वियोगी रैछन् यार
आज बल्ल चाल पाएँ उनकै कहानी बाटा

रोहित राना
बुट्वल-१३, रुपन्देही
"Buddha was born in Nepal"

Saturday, September 27, 2014

309. हुनेलाई त यहाँ मालामाल भाछ दशैं

हुनेलाई त यहाँ मालामाल भाछ दशैं
नहुनेलाई कठै! अनिकाल भाछ दशैं

कस्ले पो बुझ्छर? यहाँ अरुको पीड़ा
बोझ माथि बोझ वेहाल भाछ दशैं

सबैकोमा चीची-पापा पाक्दै छ होला
मेरो भने रित्तो-रित्तो थाल भाछ दशैं

कस्लाइ भनुँ मनको पिडा मैलाइ था'छ
आँशुले भरिभराउ फेवाताल भाछ दशैं


''शुभ पल, शुभ समय ....मेरा सम्पूर्ण मित्रवन्धुहरु, आफन्तजन लगायत विश्व भरी छरिएर रहनु भएका समस्त नेपालीहरुलाई कार्य-सफलताको कामना सहित २०७१ विजय दशमीको हार्दिक मंगलमय शुभकामना  टक्र्याउन चहान्छु!!

रोहित राना
बुटवल-१३, रुपन्देही
"Buddha was born in Nepal'

308. सिक्दैछु मैले केहि कुरा यो आकास बाट

सिक्दैछु मैले केहि कुरा यो आकास बाट
यस्तै अनुभुती भयो उनको विस्वास बाट

यदा-कदा मेरो याद आयो भने तिमिलाइ
मुरिका'मुरि चुम्बन् लिनु प्रीया बतास बाट

तिम्लाइ पक्कै पिरोलेको छ पुरानो यादले
मैले महसुस गरि सकेँ है तिम्रै आभाष बाट

मृगौला र आँखा दान गरि देह त्यागेका हुन्
सिक्नुहोस् महासय केहि कुरा यो लाश बाट

अन्तत'राइट भाइहरुले' जहाज बनाइ उडाए
आखिर के नहुने रैछ र?गरेदेखी प्रयास बाट


रोहित राना
बुट्वल्-१३,रुपन्देही
"Buddha was born in Nepal

Wednesday, September 17, 2014

307. मलाइ आफ्नै देश बेचेको आरोप लागेको छ

मलाइ आफ्नै देश बेचेको आरोप लागेको छ
तराइ अनि मधेस बेचेको आरोप लागेको छ

तँपाइहरुले पत्याउनुस् या त नपत्याउनुस्
शहिदको अवसेष बेचेको आरोप लागेको छ

विस्वास नै लागेको छैन हजुर खै के-खै के?
याँ आफ्नै परिवेश बेचेको आरोप लागेको छ

अचम्म तस्करी हो भन्दै जेल चलान गरियो
हिरोइन अनि चरेस बेचेको आरोप लागेको छ

न त मैले मान् बेचेकोछु न त नेपाली पन् नै
तैपनि नेपाली भेष बेचेको आरोप लागेको छ

रोहित राना
बुटवल्-१३,रुपन्देहि
"Buddha was born in Nepal'