WEL-COME TO MY BLOGS TO ALL OF YOU

Saturday, August 13, 2011

"गजल"

तिमीलाई बिस्वास मैले,गरेर पो के भो यहाँ 
झूठो त्यो  मायाजालमा, परेर पो के भो यहाँ  

हृदय भरी राखी माया तिम्लाई गर्छु भन्ने  
तिम्रै घर-छेउ बसाई, सरेर पो के भो यहाँ

 बाधा अड़चन आओस, सामना गर्छु भन्थेउ
तिम्लाई पाउन मरिहत्त्ये, गरेर पो के भो यहाँ

जानु रैछ आखिर पराइलाई नै अंगालेर
तिम्रै निम्ति पटक-पटक, मरेर पो के भो यहाँ

"गजल"

त्याग अनि तपस्या,त्यो बलिदान कहाँ
लेखा-जोखा गर्न प्रेमको,संबिधान कहाँ

धोका दिनेलाई सजाय, जरुर हुनु पर्छ अब  
पवित्र  माया लगाउनेको, पहिचान कहाँ

जुनी-जुनी नमेतिने,अमर माया गर्छु भन्ने
खोई  सांचो प्रेमको अमित, निशान कहाँ

मिलन हुंदा अमर, छूटे मर्यो भन्छन माया  
मर्यो अरे  माया खै त्यो, चिहान कहाँ

"गजल"

भावनाको  हुन्छ,जातिभातिको कुरा नगर 
छाडी जाने निस्ठुरी, त्यो साथिको कुरा नगर 

बिस्वास अनि त्यो बाचाजती सुकै गरे पनी
पापी रैछ संसार, विस्वाशघतिको कुरा नगर

स्वर्गको अनुभूति हुन्थ्यो , अंगालोमा पाऊँदा
भुइंकै धुलो संझेऊ,आकाशमाथिको कुरा नगर

तिम्रो शिरमा पुष्प-गुच्छाअर्पण गर्छु  भन्थेउ  
पूजा आजा होइन हजूर,तितेपातिको कुरा नगर

"गजल"

बत्तीस गूर्णले भरिपूर्ण, अहा कती जाती तिमी
सही मार्ग दर्शन दिने, मेरो जीवन साथी तिमी

लालीगुंरास ,बेली-चमेली,गुलाब यहाँ फूलेपनी
अस्तित्त्वो तिम्रो बेग्लै , हौ तिते-पाती तिमी

अँध्यारोलाई   छिचोल्दै,उज्यालो प्रकाश दिन्छौ
केवल तेल हूँ, कपासको  बाती तिमी

जानू   एक दिन, छोडेर यो संसारलाई
मै जान्छु नर्क बरु, जानू स्वर्ग माथी तिमी

"गजल"

अचम्मको पाएँ मैले, पुरस्कार काठमांडौमा
सबैबाट घिर्णा अनि,तिरस्कार काठमांडौमा

सपनाको शहर ठान्नु, भूल मेरै रहेछ  
सुनें आज धेरै ठुलो, चीत्कार काठमांडौमा

दोहरी अनि बार भरी, हाम्रै दीदी बहिनी
हुन्छन्  अरे सधैं जसो,बलत्कार काठमांडौमा

जो देंखे सो लेंखे, "रोहित"लाई गल्ति नठान्नु
लागिराछ आफै भित्र, धिक्कार काठमांडौमा

"गजल"

पल पल मरिकन,बाँच्नु पर्ने  रैछ याँहा
मन जति रोए पनि,हाँस्नु पर्ने रैछ याँहा

सुर-ताल बिना नै,बज्छ जीवनको बाजा
नजानेनी बे-तालमै,नाँच्नु पर्ने रैछ याँहा 

नचिन्दा सम्म को-हो,चिने पछि आफ्नै झैं 
आफ्नै सम्झी नातानि,गाँस्नु पर्ने रैछ याँहा

तनभरी उथल-पुथल, भुइचालो आए पनि
केवल एकमुठीसास, साँच्नु पर्ने रैछ याँहा