WEL-COME TO MY BLOGS TO ALL OF YOU

Monday, July 25, 2011

"गजल"

अनगिन्ती ताराबीच, जुनको के कुरा,
चाँदी नचिन्ने मान्छेलाई,सुनको के कुरा

हाम्रो प्रेमको यात्रा, कथा जस्तै भयो,
संगीत नसुन्ने मान्छेलाई, धुनको के कुरा

चाहन्छु मलाई, भन्थिन उनि सधैं,
कोशेली नलिने मान्छेलाई,सगुनको के कुरा

बिर्सि गइन मलाई, छाडी आज कहाँ,
दुध पनि नचिन्नेलाई ,खुनको के कुरा

उनको लागि मरें म,मेरो लागि उनि पनि,
किरिया बसेको "रोहित्" लाई,नुनको के कुरा

"गजल"

"गजल"
तिम्रो माया दिने भिन्दै,पारा प्यारो लाग्छ 
दुई नयनले चिहाउने,'शारा  प्यारो लाग्छ

किन आकाश मात्र, छुन खोज्छ यो मन
घाम-जून भन्दा पनि,तारा प्यारो लाग्छ   

उर्ले प्रेमका नदिहरु,बैंशको भेल भइ-कन
अमृत-सरी पानी दिने,धारा प्यारो लाग्छ
  
संसार नि अदिएको' ,मायाकै यो नाऊँमा 
हिजो-आज ब्रमांड-जगत,सारा प्यारो लाग्छ

मरी लानु के छर यो,दुई दिने जिन्दगीमा    
माया नै-हो ठुलोभन्ने,नारा प्यारो लाग्छ
 

Tuesday, July 12, 2011

"Album Design"

Promo of my Solo album "Reality"

"गजल"

क्रिया के खानु पर्छ,तिम्रो नाऊमै खान्छु बरु
जे-जे भन्छौ भन तिमी,सबै कुरा मान्छु बरु 
तिमी'नै सब थोक मेरो,जिंदगी नै सुम्पी सकें
जहाँ जहाँ पुग्छु , सामीप्य'मै लान्छु बरु 
स्वर्गको आभाष हुन्छ, तिमीसामू हुंदा खेरी
तिमी जानू स्वर्गमाथि, 'नै नर्क जान्छु बरु 
यो जुनी तिम्रै भयो, अर्को जुनी के हुन्छ खै
अर्को जुनी पाएँ भने,तिमीलाई नै छान्छु बरु

"गजल"


सागर धेरै तरें मैले, नहर बाँकी थियो 
पुग्नु पर्ने मायाको, सहर बाँकी थियो

मनको क्यानभास रित्तयो,कोर्दा भावहरु  
सेर लेखें जिन्दगीको,बहर बाँकी थियो

मिर्मिरे-बिहान हुँदै, गोधुली साँझ हुन्छ  
रातसंगै बिताउनएक,प्रहर बाँकी थियो

पल-पल मरीकन,बांचिरा'छू आज सम्म
विष प्यालासंगै पिउन,जहर बाँकी थियो

"गजल"

पत्थरसरि यो रेगस्थानमा, बाँच्नु पर्दा खेरी
को होला' खुसी सपना'सबै,भाँच्नु पर्दा खेरी

घरगाउँको सम्झनाले, पिरोल्छ संधै मलाई  
कस्लाई  के थाहा मन रुवाई,हाँस्नु पर्दा खेरी

उमेर'संगै मेरी सानी, हर्लकै ठुली भइन होली   
बहलाऊँदी'हून त्यो मन  योवन,साँच्नु पर्दा खेरी

बाध्यताले भए पनि, जीवन जिउनु पर्ने रैछ
केवल मन खुसी मित्रता धेरै,गाँस्नु पर्दा खेरी