WEL-COME TO MY BLOGS TO ALL OF YOU

Monday, July 25, 2011

"गजल"

अनगिन्ती ताराबीच, जुनको के कुरा,
चाँदी नचिन्ने मान्छेलाई,सुनको के कुरा

हाम्रो प्रेमको यात्रा, कथा जस्तै भयो,
संगीत नसुन्ने मान्छेलाई, धुनको के कुरा

चाहन्छु मलाई, भन्थिन उनि सधैं,
कोशेली नलिने मान्छेलाई,सगुनको के कुरा

बिर्सि गइन मलाई, छाडी आज कहाँ,
दुध पनि नचिन्नेलाई ,खुनको के कुरा

उनको लागि मरें म,मेरो लागि उनि पनि,
किरिया बसेको "रोहित्" लाई,नुनको के कुरा