WEL-COME TO MY BLOGS TO ALL OF YOU

Monday, July 25, 2011

"गजल"

"गजल"
तिम्रो माया दिने भिन्दै,पारा प्यारो लाग्छ 
दुई नयनले चिहाउने,'शारा  प्यारो लाग्छ

किन आकाश मात्र, छुन खोज्छ यो मन
घाम-जून भन्दा पनि,तारा प्यारो लाग्छ   

उर्ले प्रेमका नदिहरु,बैंशको भेल भइ-कन
अमृत-सरी पानी दिने,धारा प्यारो लाग्छ
  
संसार नि अदिएको' ,मायाकै यो नाऊँमा 
हिजो-आज ब्रमांड-जगत,सारा प्यारो लाग्छ

मरी लानु के छर यो,दुई दिने जिन्दगीमा    
माया नै-हो ठुलोभन्ने,नारा प्यारो लाग्छ