WEL-COME TO MY BLOGS TO ALL OF YOU

Tuesday, July 12, 2011

"गजल"


सागर धेरै तरें मैले, नहर बाँकी थियो 
पुग्नु पर्ने मायाको, सहर बाँकी थियो

मनको क्यानभास रित्तयो,कोर्दा भावहरु  
सेर लेखें जिन्दगीको,बहर बाँकी थियो

मिर्मिरे-बिहान हुँदै, गोधुली साँझ हुन्छ  
रातसंगै बिताउनएक,प्रहर बाँकी थियो

पल-पल मरीकन,बांचिरा'छू आज सम्म
विष प्यालासंगै पिउन,जहर बाँकी थियो