पत्थरसरि यो रेगस्थानमा, बाँच्नु पर्दा खेरी
को होला'र खुसी सपना'सबै,भाँच्नु पर्दा खेरी
घरगाउँको सम्झनाले, पिरोल्छ संधै मलाई
कस्लाई के थाहा मन रुवाई,हाँस्नु पर्दा खेरी
उमेर'संगै मेरी सानी, हर्लकै ठुली भइन होली
बहलाऊँदी'हून त्यो मन योवन,साँच्नु पर्दा खेरी
बाध्यताले भए पनि, जीवन जिउनु पर्ने रैछ
केवल मन खुसी मित्रता धेरै,गाँस्नु पर्दा खेरी