BFBS Radio Nepal को चिनारी कार्यक्रममा तुलसी बस्नेतले लिनु भएको मेरो अन्तर्वाता।
Listen and Download
Download : Click Here to Download
Thank you,
Tuesday, July 31, 2012
Monday, July 30, 2012
म एउटा विशाल प्रकास खोज्दैछु
म एउटा विशाल प्रकास खोज्दैछु
सबैको त्यसैमा विस्वास खोज्दैछु
होस् शसक्त उस्को प्रत्येक भूमिका
गर्न सक्ने अदम्य सहास खोज्दैछु
विश्वले चिनोस् उस्को नाम र काम
बहादुर निडर अमर खास खोज्दैछु
सुखै सुख छाओस् अनि शान्ति पनि
खाने गरिब निमुखाको,गास खोज्दैछु
धेरै देखें दानवपन यिनै मनाव भित्र
सखाप पार्न यिन्को सत्यनास खोज्दैछु
रोहित राना
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान
31st-July-12
सबैको त्यसैमा विस्वास खोज्दैछु
होस् शसक्त उस्को प्रत्येक भूमिका
गर्न सक्ने अदम्य सहास खोज्दैछु
विश्वले चिनोस् उस्को नाम र काम
बहादुर निडर अमर खास खोज्दैछु
सुखै सुख छाओस् अनि शान्ति पनि
खाने गरिब निमुखाको,गास खोज्दैछु
धेरै देखें दानवपन यिनै मनाव भित्र
सखाप पार्न यिन्को सत्यनास खोज्दैछु
रोहित राना
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान
31st-July-12
उनीहरु मेरै बारे..
उनीहरु मेरै बारे .....धेर-थोर भन्दैछन
काम नलाग्ने छि-छि फोहोर भन्दैछन
मौन बसी सुनिरहें,उनीहरुकै मात्र कुरा
तेरो काम छैन साँच्चै,कमजोर भन्दैछन
काम नलाग्ने छि-छि फोहोर भन्दैछन
मौन बसी सुनिरहें,उनीहरुकै मात्र कुरा
तेरो काम छैन साँच्चै,कमजोर भन्दैछन
Friday, July 27, 2012
संघर्षका पाइलाहरु चालेर अघि बढ्नु तिमि
संघर्षका पाइलाहरु चालेर अघि बढ्नु तिमि
मन भित्रका पिरव्यथा फालेर अघि बढ्नु तिमि
अवस्य सफलताले चुम्नेछन तिम्रा पाइलाहरु
विशाल लक्ष्य मनभरि पालेर अघि बढ्नु तिमि
शुभकामना तिमीलाई पुष्प गुच्छा अर्पण गर्छु
कठोर सबैका हृदयहरु गालेर अघि बढ्नु तिमि
समयले निम्त्याउने छ पक्कै सुनौलो बिहान
विद्रोहका खम्बाहरु ढालेर अघि बढ्नु तिमि
आउनेछ पक्कै हरियाली खरेदी सबै हराएर
तिर्काएको बोटमा पानी हालेर अघि बढ्नु तिमि
Wednesday, July 25, 2012
"छेस्काहरु "
१.छेस्का
कस्तो प्रेमको रोगि भएँ म
उनकै बेसी भोगी भएँ म
पाउछु कि प्रेमका दान-दक्षिणा
गाउँ डुली हिड्ने जोगी भएँ म
२.छेस्का
आज उनीसंग अलिकति,रिसाएको छु
मनको भारि बोट्टेलसंगै,बिसाएको छु
उन्ले घुर्की लाउन हुने रे, मैले नहुने रे
त्यही घुर्कीलाइ गिलास भित्र,मिसाएको छु
Monday, July 23, 2012
म नै पहिले मर्छु अनि डोली चढ्नु तिमि
म नै पहिले मर्छु अनि डोली चढ्नु तिमि
नर्क बसाइ सर्छु अनि डोली चढ्नु तिमि
हेर्न चाहान्न सिंउदो,त्यो अरुले कोरेको
जंघार मनै तर्छु अनि डोली चढ्नु तिमि
निर्दोष हुँदा पनि,तिमीले नै दोषी ठान्यौं
पात भएर झर्छु,अनि डोली चढ्नु तिमि
सोंचेउ होला मै पापी,तिम्रो कठोर मनले
चितामा म पर्छु, अनि डोली चढ्नु तिमि
Sunday, July 22, 2012
सपनाको एक महल ढल्यो आज पनि
सपनाको एक महल ढल्यो आज पनि
अनायासे मन फेरी जल्यो आज पनि
स्वच्छ शितल पवन, चाहेर पनि मैले
लौन!विष रुपी तुफान ,चल्यो आज पनि
निभ्याउन सकिन राँको,बलेसिका आँशुले
झनै विशाल ज्वालामुखी,बल्यो आज पनि
मायाका साना अंकुराहरु,झैं लागेको थियो
नाटक रैछ निर्मोहिले, छल्यो आज पनि
| बुटवल-रुपन्देही |
Subscribe to:
Posts (Atom)
