WEL-COME TO MY BLOGS TO ALL OF YOU

Thursday, May 28, 2015

निकै कालो अनि अँध्यारो समय आयो

निकै कालो अनि अँध्यारो समय आयो
हामि माझ विनाशकारी यो प्रलय आयो
जन-धन लग्यो -इतिहास ढलाएर गयो
यहाँ बाँच्नेहरुमाझ झन् ठुलो भय आयो

रोहित राना
बुटवल-१३, रुपन्देही

320. हेर्दा हेर्दै यो धर्ति फाट्यो र पनि म बाँचे

हेर्दा हेर्दै यो धर्ति फाट्यो र पनि म बाँचे
मृत्यु आइ मलाई चाट्यो र पनि म बाँचे

तहस् नहस् भए सारा इतिहासका धरोहर
कति मरे कतिलाई काट्यो र पनि म बाँचे

कम्प्पनसंगै भागें आफ्नै मृत्युदेखि डराएर
लाँन्छु तलाई भन्दै आँट्यो र पनि म बाँचे

खुसी सुखी थियौं हामी आफ्नै जिन्दगीसंगै
आखिर खुसीसंग दुख साट्यो र पनि म बाँचे

जन-धन धेरैको लग्यो बेसाहारा भए कति
यो दैव पनि बेस्सरी मात्यो र पनि म बाँचे


"बैशाख १२ गते आएको महा-भुकम्प परि ज्यान गुमाउनेहरुमा हार्दिक श्रद्धान्जली"
रोहित राना,
बुटवल-१३, रुपन्देही

Thursday, April 16, 2015

खुलेर हाँस्न सकेको छैन हाँस्ने रहर हुँदा पनि

खुलेर हाँस्न सकेको छैन हाँस्ने रहर हुँदा पनि 
उनको लागि यो जीवन बाँच्ने रहर हुँदा पनि
प्रतिबन्धमा छु स्वयं आफ्नै जीवनको म यहाँ 
माया उनलाई जुनीजुनी साँच्ने रहर हुँदा पनि 

रोहित राना
बुटवल-१३, रुपन्देही 
Buddha was borin in Nepal'

Friday, March 20, 2015

319. म बाँचेको छु त केवल तिम्रै मायाले

म बाँचेको छु त केवल तिम्रै मायाले 
भाको हो हृदय हलचल तिम्रै मायाले

उजाड नबनाउनु सदा हरियाली राख्नु 
गरि गरिकन मलजल तिम्रै मायाले

निस्पट्ट कालो थिएँ औंशिको रातसरि 
आज भने भाछु झलमल तिम्रै मायाले

सोच्दै नसोचेंको लक्ष्य चुमेको छु मैले 
भाको हुँ म आज सफल तिम्रै मायाले

एकैछिन पनि नदेख्दा अतालिन्छ मन 
किन सताई रहन्छ पलपल तिम्रै मायाले?

रोहित राना 
बुटवल-१३,रुपन्देही 
Buddha was born in Nepal"

Monday, March 9, 2015

318. जनयुद्धको मारा'मार भोगेकै हो वन्धु

जनयुद्धको मारा'मार भोगेकै हो वन्धु 
अन्याय र अत्याचार भोगेकै हो वन्धु

यो आकाश साँक्षी छ र तपाइँ हुनुहुन्छ 
हत्या हिंसा बारम्बार भोगेकै हो वन्धु

सर्वशुलभ त देशमा केहि पनि पाइदैन 
यो इन्धनको हाहाकार भोगेकै हो वन्धु

मुल्यवृद्धि पनि दिने पिच्छे गर्छन् यहाँ 
कालो व्यापारको बजार भोगेकै हो वन्धु

स्वयं" आफैलाई देवदास" त भन्दिन म 
निष्ठुरीको झुठो प्यार भोगेकै हो वन्धु

रोहित राना
बुटवल-१३, रुपन्देही 
"Buddha was Born in Nepal"

Wednesday, January 21, 2015

317. थाहै हुन्न यो हावाले कतिखेर छुन्छ छुन्छ

थाहै हुन्न यो हावाले कतिखेर छुन्छ छुन्छ
निष्ठुरीको सम्झनाले कतिखेर छुन्छ छुन्छ

मैन जस्तै पग्लिने यो नौनी नरम मनलाई
यी आत्मका कथाले कतिखेर छुन्छ छुन्छ

दुख सहेर सन्तानलाई केहि नहोस् भन्छिन्
त्यो आमाको मम्ताले कतिखेर छुन्छ छुन्छ

यहाँ सद्दे मन्छे पनि पलमै बिरामी भैदिन्छ
यी मान्छेलाई मायाले कतिखेर छुन्छ छुन्छ

तिमी पराइ भए देखि देवदास भाकोछ'रोहित'
टन्न पींउछु यो नशाले कतिखेर छुन्छ छुन्छ

रोहित राना
बुटवल-१३,रुपन्देही
"Buddha was born in Nepal'

Saturday, January 3, 2015

316. भो तिमी नाटकरुपी प्यार नगर यार

भो तिमी नाटकरुपी प्यार नगर यार 
अत्याचार माथि अत्याचार नगर यार

आफ्नो घरमा आफैले आगो लगाएर 
चिच्याई'चिच्याई हार'गुहार नगर यार

उ बाट सहयोगको आशा नगरेकै बेश 
अझै बिन्तीभाउ बारम्बार नगर यार

तिम्रो चरित्र सबैले जानी सकेकाछन् 
अब केवल देखावटी उद्धार नगर यार

प्रियालाई देखेरै म दिनहुँ पागल हुन्छु 
बस् त्यो भन्दा बढी शृंगार नगर यार


रोहित राना
बुटवल-१३ 
"Buddha was born in Nepal'