WEL-COME TO MY BLOGS TO ALL OF YOU

Tuesday, June 24, 2014

298. म मान्छे हुनुको अर्थहरु खोजिरहेछु

म मान्छे हुनुको अर्थहरु खोजिरहेछु 
अनि जीवन के हो?तर्कहरु खोजिरहेछु 

आए हुन्थ्यो फेरि फर्केर त्यो बालापन 
कलिलो बालापनकै वर्षहरु खोजिरहेछु 

सारा विश्वले नै हर्षको उन्मात चाहान्छ
म जीवन रंगाउन दुख'दर्दहरु खोजिरहेछु 

सायद जीवनलाइ हजुरले बेसी बुझ्नुभाछ 
म त केवल मनको स्पर्शहरु खोजिरहेछु 

हुन त आखिर मरी लाने केहि पनि होइन 
तैपनि बाँच्नकै लागि शर्तहरु खोजिरहेछु 

रोहित राना 
@बुटवल 
"Buddha was Born in Nepal"

Monday, June 16, 2014

297. एक्लै एक्लै भौंतारिदै म जीवन खोजि रहेछु

एक्लै एक्लै भौंतारिदै म जीवन खोजि रहेछु 
उठ्द्दै अनि पछारिदै म जीवन खोजि रहेछु 

कहिले यता लडाउँछ कहिले उता जिन्दगीले 
ठाउँ ठाउँमा बजारिदै म जीवन खोजि रहेछु 

योग्यता देखाएर पनी जागिर पाइएन यहाँ 
भिडै -भिडमा धसारिदै म जीवन खोजि रहेछु 

लाग्छ भाको यै ज्यान पनी सखाप हुन्छ छिट्टै 
कसम सुइरोझैँ तिखारिदै म जीवन खोजि रहेछु 

निर्दोष भैकन पनी हतकडी लगाएकोछु मैले 
हो बिग्रिदै कहिले सपारिदै म जीवन खोजि रहेछु

@बुटवल 
"Buddha was born in Nepal" 

Friday, June 13, 2014

296. हजुर मेरो देशले परिवर्तन खोजि रहेछ

हजुर मेरो देशले परिवर्तन खोजि रहेछ
तराइ अनि मधेसले परिवर्तन खोजि रहेछ

शहिदका सपना पुरा गरिएन आज सम्म
त्यसैले ति अवशेषले परिवर्तन खोजि रहेछ

सधैं हजुर हरेस खाएको देखेर हेर्नुस् मित्र
सोहि खाएको हरेसले परिवर्तन खोजि रहेछ

अरे यार देशले मुहार फेरे पो हाम्रो फेरिन्छ
हेर्नुहोस् सारा परिभेषले परिवर्तन खोजि रहेछ

खुट्टामा ठेंस नलागेर कस्ले हिंड्न जान्दछर?
त्यसैले लागेको ठेंसले परिवर्तन खोजि रहेछ

रोहित राना
बुटवल -१३ रुपन्देही
"Buddha was born in नेपाल"
  

Sunday, June 8, 2014

295. उ बसिरहेको छ चुपचाप बन्द कोठामा

उ बसिरहेको छ चुपचाप बन्द कोठामा 
गराउँदै अस्तित्व सखाप बन्द कोठामा 

सिक्नु जरुरछ हामीले चमेराहरुबाट पनि 
पक्कै छोडेकाछन् केहि छाप बन्द कोठामा 

हजुर त्यो सारा जगत नै मौन देखिन्थ्यो 
उसले थापेको देखेर धराप बन्द कोठामा 

एक आपसमा स्पर्सले मात्र चुम्न सकिन्थ्यो  
सकिएन गर्न धड्कनको नाप बन्द कोठामा 

मैले प्रियाको सिउँदो यिनै हातले कोरेकै हुँ
थाहा छैन गरेँ पुण्य या पाप बन्द कोठामा 

रोहित राना
बुटवल -१३ 
"Buddha was born in Nepal"

Sunday, January 5, 2014

294. गर्न पनि सकिएन केहि खास जिन्दगीमा

गर्न पनि सकिएन केहि खास जिन्दगीमा
तर पनि अझैं मरेको छैन आस जिन्दगीमा

त्यो ढुंगाको जति नि अस्तित्व रहेन मेरो त
कसैको पनि पाइएन विश्वास जिन्दगीमा

म अँध्यारोमै जीवन जिउन सिकिसकेकोछु
भो अब चहिएन उज्यालो प्रकास जिन्दगीमा

म उजाडउजाड छु व्याख्या गरिरहन पर्दैन भो
हो आएको थियो ठुलै हुरी बतास जिन्गदिमा

हुने त केहि होइन आखिर ढोगेर देवताहरुलाई
भो देखाउंदैन रित्तिएको क्यानभास जिन्दगीमा

रोहित राना
बुटवल-१३ रुपन्देही
"Buddha was Born in Nepal"

Sunday, December 22, 2013

293. आज भोलि मानवता र मिजास भेटिन्नन्

आज भोलि मानवता र मिजास भेटिन्नन्
सहयोग माग्दा पनि सय पचास भेटिन्नन्

खोज्दा खोज्दै म त हजुर थाकिसंकें यहाँ
पुरानो रिति भेटिन्नन् इतिहास भेटिन्नन्

पराइलाइ सजिलै आफन्त बनाउन सकिन्छ
तर यहाँ आफन्तहरु नै बरु पास भेटिन्नन्

धनिकै रैछ हजुर यहाँ दिन भनेनि रात भनेनि
गरिबका लागि त खाने एक गास भेटिन्नन्

मैले माया प्रितका कुरा गर्न छाडिसकें हजुर
किन कि मायामा अचेल विस्वास भेटिन्नन्

butwal,nepal

Monday, December 9, 2013

292. मेरा यादहरु तिनै धड्कनसम्म पुगेर फर्केका छन्

मेरा यादहरु तिनै धड्कनसम्म पुगेर फर्केका छन्
प्रस्तावहरु दिलको आँगनसम्म पुगेर फर्केका छन्

सुन्नेले कुरा सुने हुन्थ्यो बुझ्नेले पनि बुझे हुन्थ्यो
कानेखुसी गर्दै भावहरु मनसम्म पुगेर फर्केका छन्

स्पर्स मात्र काफिछ अँगालो कस्नु पनि पर्दैन हजुर
मेरा चोर नजरहरु तिनै तनसम्म पुगेर फर्केका छन्

अचम्म यो सिमारेखा चाहेर पनि मेट्न सक्दिन मैले
हो मेरा पाइलाहरु ति बन्धनसम्म पुगेर फर्केका छन्

मैले उनलाइ दुख र सुख दुवैमा साथ दिन चाहेंको हुँ
र'त स्पर्सहरु उन्कै हाँसो रोदनसम्म पुगेर फर्केका छन्

रोहित राना
बुटवल- रुपन्देही