WEL-COME TO MY BLOGS TO ALL OF YOU

Monday, September 30, 2013

273. तिम्रो जस्तो किस्मत कहाँ छ र मेरो?

तिम्रो जस्तो किस्मत कहाँ छ र मेरो?
आफन्त बाट मत्दत कहाँ छ र मेरो ?

देउता ठानी पत्थरलाइ पुजी रहेछन् याँ
पत्थरलाइ जति इत्जत कहाँ छ र मेरो?

मान मर्यादा तिम्रै त छनि यो सहरमा
चौतर्फी चल्ने दस्तखत कहाँ छ र मेरो?

अविर मालाले रंगिन हुन्छौ पलभर मै
तिमीलाई जस्तो स्वागत कहाँ छ र मेरो?

आफ्नो त झुपडी छानोकै बास छ हजुर
तिम्रो झैं बंगला अनि छत कहाँ छ र मेरो?

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- क्याम्प बास्टन,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"