WEL-COME TO MY BLOGS TO ALL OF YOU

Monday, September 30, 2013

274. निर्दोषलाइ गोलि हानि हानि मारिएको छ

निर्दोषलाइ गोलि हानि हानि मारिएको छ
निशाना नभेटिने गरि व्येपत्ता पारिएको छ

यो सरकारले आफ्नालाई मात्र जागिर दिई
हामीलाई भने खाडीमुलुकतिर तारिएको छ

हामीले राम्रो काम गरेको पनि देख्नै नसहने
माथिल्लो पददेखि सिधै तल झारिएको छ

ए कान भएका नसुन्ने लाचारी बहिराहरु हो
भन किन जनतालाइ गोरु झैं नारिएको छ?

मन र मुटुमा "नेपाल" बोकेर हिंड्ने हामी नै
आज तिमीहरुकै कारण प्रदेशमा हारिएको छ

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- क्याम्प बास्टन,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"