WEL-COME TO MY BLOGS TO ALL OF YOU

Friday, September 27, 2013

272. यादहरु बेची सपनाहरु किन्ने सोंचमा छु

यादहरु बेची सपनाहरु किन्ने सोंचमा छु
मान्छेहरु भित्रकै मान्छे चिन्ने सोंचमा छु

चराहरु जस्तै स्वतन्त्र हुनु छ मलाइ पनि
जिवनभर आजाद भएर हिन्ने सोंचमा छु

धेरै नै भेटें मै जान्ने मै बुझ्ने भन्नेहरु यहाँ
त्यसैले मात्र असल मित्र बिन्ने सोंचमा छु

उनि भन्छिन्"रोहित" तिम्रो कैले बनाउँछौ?
प्रिया यहि मंसिरमा कुरा छिन्ने सोंचमा छु

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- क्याम्प बास्टन,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"