WEL-COME TO MY BLOGS TO ALL OF YOU

Tuesday, September 24, 2013

271.केवल उन्कै पर्खाइमा जीवन बितिराछ

केवल उन्कै पर्खाइमा जीवन बितिराछ
बिछोड अनि तड्पाईमा जीवन बितिराछ

एकहोरो घोरिन्छु पागल भन्छन् कोहि त
अश्रु कै धारा बगाईमा जीवन बितिराछ

तिम्रो बाटो हेर्दा हेर्दै नयनहरु थाकी सके
कोमल यो मुटु जलाईमा जीवन बितिराछ

हिजो आज सराब नै साथी भाकोछ मेरो
यी पाइलाहरु लर्खराइमा जीवन बितिराछ

प्रेमिल जोडीहरु देख्दा खुब इर्श्या लाग्छ
अरुकै हेरी चित्त बुझाइमा जीवन बितिराछ

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- क्याम्प बास्टन,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"