WEL-COME TO MY BLOGS TO ALL OF YOU

Sunday, September 22, 2013

270. प्रिय तिम्रो गलाको हार मन परेन

प्रिय तिम्रो गलाको हार मन परेन 
अझ त्यो गरेको श्रीङ्गार मन परेन 
त्यो नजरले किन दोषी देख्छौ मलाई 
स्वयं तिमि र तिम्रो सरकार मन परेन 
अचम्म यो आकाश पनि बिक्रीमा छ रे 
फगत गरेको झुठो प्रचार मन परेन 
अरे माया नि बेचिँदो रैछ किनिदो रैछ 
यस्तो बिचित्रको व्यापार मन परेन 
बालकलाइ कलम देउ अनि ज्ञान देउ 
दिएको ति हातमा हतियार मन परेन 
रोहित राना 
बुटवल-१३रुपन्देही 
हाल- क्याम्प बास्टन,अफगानिस्थान 
बुद्ध नेपालमा जन्मेका हुन्
Buddha was born in Nepal