WEL-COME TO MY BLOGS TO ALL OF YOU

Saturday, September 14, 2013

269. आगो समाउँछु पानी समाउँछु

आगो समाउँछु पानी समाउँछु
कान्छीको लर्के जवानी समाउँछु

अहो! त्यो लोभै लाग्दो बैंश उन्को
पख्नुस् ल मायाको खानी समाउँछु

आँखा  रलिसा जिउडाल कसिला
कसम अब त मनोमानी समाउँछु

मनै थाम्न गाह्रो भयो के गरुँ मैले
नजाने झैं गरि जानीजानी समाउँछु

जे पर्ला पर्ला आँटी हालें मैले हजुर
अब त आफ्नै प्रिय ठानी समाउँछु

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- क्याम्प बास्टन,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"