WEL-COME TO MY BLOGS TO ALL OF YOU

Tuesday, September 3, 2013

268. आए हुन्थ्यो जीवनमा कोहीनुर बनेर

आए हुन्थ्यो जीवनमा कोहीनुर बनेर
दुखमा साथ् दिने मेरो नै हजुर बनेर

खै यो बाधा अडचन् किन आउँछ यात्रामा
जिन्दगीमा बांचिराछु मजबुर बनेर

मेरै छाँयाले मलाई सधैं गिजाईरन्छ
भन्दै हुने वाला छैन तँ मधुर बनेर !!

यो भिडमा आफन्त नै चिन्नै गाह्रो भयो
आफन्त सबै गए झन् दुर- दुर बनेर

खुब ठोकी रहेछन् मेरो जिन्दगिलाइ
र'त बज्दैछु बेताल बनेर बेसुर बनेर

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"