WEL-COME TO MY BLOGS TO ALL OF YOU

Tuesday, May 21, 2013

232. उसैलाई सम्झिन्छु मुटु दुखेको बेला

उसैलाई सम्झिन्छु मुटु दुखेको बेला
र यादमा तड्पिन्छु मुटु दुखेको बेला

आज गजलकार हुनुमा हात उन्कै छ
पागल भै छट्पटिन्छु मुटु दुखेको बेला

मलाई अन्त कतै खोजी रहनु पर्दैन
म भट्टीमै बहकिन्छु मुटु दुखेको बेला

मलाई पिडासँगै खेल्ने बानि परेकोछ
नुनचुकले सिंचिन्छु मुटु दुखेको बेला

पापिनिकै याद र तस्बिरले चित्त बुझाछु
अब त म जलाईदिन्छु मुटु दुखेको बेला

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"