WEL-COME TO MY BLOGS TO ALL OF YOU

Monday, May 20, 2013

231. स्वर्गीय अनुभूतिहरु मध्यपानमै भेटिन्छन्

स्वर्गीय अनुभूतिहरु मध्यपानमै भेटिन्छन्
खोज्नुहोस् त इत्जत ओछ्यानमै भेटिन्छन्

तपाई विदेश गएँ भनेर के फुँइ झार्नु हुन्छ हँ
बहादुरी त तिनै सच्चा किसानमै भेटिन्छन्

अन्तरिक्षको बारेमा खासै विज्ञ छैन म पनि
चमत्कारी प्रस्तुतिहरु बिज्ञानमै भेटिन्छन्

सिटामोलको किन्नलाइ अस्पताल जानु पर्दैन
सोध्नु भयो भने यहाँ हर दोकानमै भेटिन्छन्

मान्छेहरु कस्ता छन् अनुहार हेरेर पत्ता लाग्दैन
ऐनासरि छर्लङ त उहाँहरुकै इमानमै भेटिन्छन्

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"