WEL-COME TO MY BLOGS TO ALL OF YOU

Saturday, May 18, 2013

230. न त हजुर भुल्नसकेँ मेरो पहिलो प्रेम

न त हजुर भुल्नसकेँ मेरो पहिलो प्रेम
न हृदयमा चुल्नसकेँ मेरो पहिलो प्रेम

अन्जुलिमै थाप्दा थाप्दै पोखिएरै गयो
न त हजुर बटुल्नसकेँ मेरो पहिलो प्रेम

आज आइ औंशीको रात झैं भाछ जीवन
न घाम जस्तै खुल्नसकेँ मेरो पहिलो प्रेम

फ्याँकिएको झारसरि जीवन ओइलि राछ
न फूल भएर फुल्नसकेँ मेरो पहिलो प्रेम

वाचा त पापिनिको थियो संगै जिउने मर्ने
न सिउँदो रंगाई हुल्नसकेँ मेरो पहिलो प्रेम

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"