WEL-COME TO MY BLOGS TO ALL OF YOU

Thursday, May 23, 2013

233. मुटुको यो धड्कन बेचेर आफ्नै शिर बेचेर

मुटुको यो धड्कन बेचेर आफ्नै शिर बेचेर
ठुलै व्यापार गर्ने सोंचमाछु म यी पिर बेचेर

शौचालयमै यी भगवान राख्छु अब देखि
निमुखालाई खाना खुवाउछु मन्दिर बेचेर

अन्यथा नसोंच्नु रहर नभै वाध्यता उन्को
त्यसैले गुजारा चलाइ रहेछिन् शरीर बेचेर

आँखा चिम्लिन्छु अनि मेरो देश सम्झन्छु
देश बिकास गर्छु अब त्यही जन्जिर बेचेर

पापिनिकै तस्बिरले किन गिजाउँछ मलाई
वृद्धा आश्रम बनाउनुछु उसैको तस्बिर बेचेर

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"