WEL-COME TO MY BLOGS TO ALL OF YOU

Tuesday, May 14, 2013

228. यो कोमल मनसंग भर पर्दो कोहि भएन

यो कोमल मनसंग भर पर्दो कोहि भएन
दिलको धड्कनसंग भर पर्दो कोहि भएन

सुख अनि दुखसंगै झेल्छु म भन्दा पनि
बेदना र रोदनसंग भर पर्दो कोहि भएन

पापिनिले मायाको नाउमा सुली चढाइ गइ
बैंश अनि योवनसंग भर पर्दो कोहि भएन

झुठो बाचा उसैको अमिट छाप भै बसेकोछ
मेरा यी दुइ बचनसंग भर पर्दो कोहि भएन

म पागल हैन तैपनि संज्ञा पागलकै दिन्छन्
आखिर यो सत्जनसंग भर पर्दो कोहि भएन

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"