WEL-COME TO MY BLOGS TO ALL OF YOU

Monday, May 13, 2013

227. यो पापी समयसंगै चल्ने प्रयासमा छु

यो पापी समयसंगै चल्ने प्रयासमा छु
भाका ति योजना बदल्ने प्रयासमा छु

सबैले मेरै भाग्य नै खोटी हो भन्छन्
सोहि भाग्यलाई म छल्ने प्रयासमा छु

कोहि सोंच्दा हुन् यो कसरि बाँच्या होला
अब आफै मुर्दा सरि ढल्ने प्रयासमा छु

स्वर्गकै मात्र सपना किन देख्छन् सबैले
म भने नर्ककै बोटमा फल्ने प्रयासमा छु

धेरैको मलामी गएँ अब आफ्नै चितामा
आफैले आगो लगाई जल्ने प्रयासमा छु

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"