WEL-COME TO MY BLOGS TO ALL OF YOU

Sunday, May 12, 2013

226. यो साल पनि नआउने भयो /तिम्रो परदेशीले

यो साल पनि नआउने भयो /तिम्रो परदेशीले
प्रितको गित नगाउने भयो /तिम्रो परदेशीले

मनसुन अलि लम्बिएर झरी परेछ भन्छन्
चुहिएको धुरी नछाउने भयो /तिम्रो परदेशीले

मेला पात संगै गर्ने धोको थियो होला पक्कै
संगै देउराली नधाउने भयो /तिम्रो परदेशीले

परदेशको ठाउँ भनेको र सोंचेको नहुदो रैछ
साँच्चै छुट्टी नपाउने भयो /तिम्रो परदेशीले

बिर्सेको त छैन प्रिय सम्झना दिनहुँ आइरहन्छ
रोधिमा मादल नबजाउने भयो /तिम्रो परदेशीले

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"