WEL-COME TO MY BLOGS TO ALL OF YOU

Thursday, May 16, 2013

229. उसैको बेसी याद आउँछ हल्का पिएको बेला

उसैको बेसी याद आउँछ हल्का पिएको बेला
मन बोतल र सराबले सीउँछु च्यातिएको बेला

तिमि त रमाई रमाई अन्मिएर गयौ पराइसंग
म त मरेथें तिम्ले बिहेको निम्तो दिएको बेला

किन घरिघरि त्यही अमिट छापले पोल्छ मुटु
अचेत अवस्थामा हुन्छु मुटु चस्किएको बेला

दिनहुँ जसो देश सम्झन्छु साथीभाइ सम्झन्छु
जागिर खान टन्टलापुर घाममा उभिएको बेला

अखिर पापीनिकै कारणले देश छोडी हिड्नु पर्यो
रुँदै बिदा गर्नु भाथ्यो आमाले विदेशिएको बेला

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"