WEL-COME TO MY BLOGS TO ALL OF YOU

Sunday, May 5, 2013

221. माहुरीहरु रमाउछन् फूलमा रस भरिए पछि

माहुरीहरु रमाउछन् फूलमा रस भरिए पछि
निस्कर्ष पक्कै निस्किन्छ बहस गरिए पछि
मानो रोपेर किसानले मुरी फलाकै छन् यहाँ
के हुदैन र? हजुर मलजल गरि छरिए पछि

जिउदो हुँदा सम्म राज्यले केहि वास्ता गर्दैन
शहिद घोषणा गर्छ आन्दोलनमा मरिए पछि

स्वार्थि यो संसारमा आफ्नो भन्नु नि बेकार छ
मितको ज्यान ढुङ्गोसरि आफु नदि तरिए पछि

म उनको प्रेममा पागल जस्तै भएको छु अचेल
अचम्मै यो तरिकाले माया जालमा परिए पछि

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"