WEL-COME TO MY BLOGS TO ALL OF YOU

Friday, May 3, 2013

220. हृदय भरि चोटै चोट खाई घायल भएर

हृदय भरि चोटै चोट खाई घायल भएर
तड्पीराछु तिम्रै वियोगमा पागल भएर

जसलाई कलेजोको एक टुक्रा ठानेको थिएँ
उसैले असिना बर्सायो कालो बादल भएर

हरेक पल हरेक क्षण यादले पिरोलि रहंदा
निस्कनछन् कैले गीत कैले गजल भएर

यतिन्जेल चितामा जली सकेको हुन्थ्यें
बाँचेको छु साहारा सराबको बोत्तल भएर

पापिनिले छोडेको "अमिट छाप" ताजै छ
त्यसैले बगी रहन्छ आखाँबाट भल भएर

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal