WEL-COME TO MY BLOGS TO ALL OF YOU

Monday, May 6, 2013

222. तस्विर च्यातिकन याद मेटाएर गईन्

तस्विर च्यातिकन याद मेटाएर गईन्
मलाइ छोडी अर्कैलाइ समाएर गईन्

जीवनको गोरेटो यात्रा संगै गरौँ भन्दै
दोबाटोमै एक्लै मलाई लडाएर गईन्

यौवनको भोको रैछिन् बल्ल चाल पाएँ
पराइकै रसपान जवानीले अघाएर गइन्

जसलाई मेरो जिन्दगि सम्झेकोथें मैले
चुलै निम्तो विवाहको कार्ड पठाएर गइन्

सोंच्दैछु आखिर नाटक किन त मसंग?
आफु माथि चढी मलाई खसाएर गईन्

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"