WEL-COME TO MY BLOGS TO ALL OF YOU

Tuesday, May 15, 2012

"गजल"


वाचा वन्धन गरेर,तोड़ने पनि देंखे मैले
सहयात्री बनी यात्रा,मोड़ने पनि देंखे मैले
सातौं जुनी सम्म तिम्रै हूँ,भाकल गरे नि
अर्कैसंग फेरी नाता,जोड़ने पनि देंखे मैले
प्रेमका ति बगैचामा,गुलावका फूल रोप्दै
त्यही फूलका पालुवा,गोड़ने पनि देंखे मैले
जिउंछू तिमीसंगै,मर्छुसंगै भन्ने उही मान्छे 
वेसाहारा बनाईकन, छोड़ने पनि देंखे मैले