WEL-COME TO MY BLOGS TO ALL OF YOU

Tuesday, May 15, 2012

"गजल"

अचानक पलभर'मै यो मन, हर्नेलाइ के भनुं
तिम्रै हूँ भनी मेरै घर बसाई,सर्नेलाइ के भनुं

हिजो सम्म परिचय थिएन,कोहो-कोहो लाग्थ्यो
आज हृदयदेखि नै औधी मन, पर्नेलाई के भनुं

सपनीमा उनैलाई देख्छु, विपनीमा सधैं भेट्छु
 मेरै हौ तिमी भन्दै नाना-भाँती,गर्नेलाइ के भनुं

 तिम्रो मेरो यात्रा फरक'छ,मिल्दैन संसार भन्दा नी
 स्वर्ग छोड़ी मेरै बहुपासमा...,झर्नेलाई के भनुं