WEL-COME TO MY BLOGS TO ALL OF YOU

Wednesday, May 30, 2012

पूर्णिमाको रातमा


पूर्णिमाको रातमा हेर त्यो, जुनले बोलायो 
सुमधुर संगीत बांसुरीको, धुनले बोलायो 
 
निष्पत्त रात तिम्रो साथ, अनि हल्का मात 
तिमीले नै दिएको उपहार, सगुनले बोलायो
 
मुटुभरी गहिराईमा, तिम्रो माया बल्झिराछ
नशा-नशा बगीरहने रातो, ..खुनले बोलायो 
 
सामीप्यमा तिमी, तन मन जताततै तिमी 
आत्मीय स्नेहसंगै मायाको, गुनले बोलायो 
 
हरपल डूबीरहन्छु , केवल तिम्रै मात्र यादमा 
तिम्ले होकी?खै 'रोहित' भनी, कुनले बोलायो