WEL-COME TO MY BLOGS TO ALL OF YOU

Tuesday, May 29, 2012

संबिधानका सुनौला


संबिधानका सुनौला, पाना सम्झंदैछु 
निमुखालाई आहारा, खाना सम्झंदैछु 
 
शान्ति अनि संवृद्धि,छाई रहोस् देशमा
जनताका असीम, चाहाना सम्झंदैछु 
 
अधम्य हाम्रो सहास, हामी नेपालीको
सुख दुःखका सबै,साधना सम्झंदैछु 
 
कानूनले कसैलाई, भेद भाव नगरोस्
भर्ने भकारी मुरी'पाथी,माना,सम्झंदैछु 
 
सगरमाथाको देश हाम्रो, बुद्ध हुन् हाम्रै
यस्तै भाव बोकेको,गाना सम्झंदैछु