WEL-COME TO MY BLOGS TO ALL OF YOU

Monday, May 28, 2012

आज आफै भित्रको


आज आफै भित्रको  एउटा,जीवन बुझ्दैछू
पीर व्यथाले भरिएको,..तन'मन  बुझ्दैछू

ति पलहरु अल्झिराछ,याद बनी बल्झिराछ
घिर्णा लाग्यो तिम्रो लाचारी,..पन  बुझ्दैछू

गरीब भनी जान्यौ,पूजीपती लाइ छान्यौ
तिम्लाई प्यारो लाग्यो कालो,धन बुझ्दैछू

स्वप्न मेरो भगायौ, ज्वालामुखी ….लगायौ
जलायौ "रोहित"लाइ आगोले,दनदन बुझ्दैछू