क्रिया के खानु पर्छ,तिम्रो नाऊमै खान्छु बरु
जे-जे भन्छौ भन तिमी,सबै कुरा मान्छु बरु
जे-जे भन्छौ भन तिमी,सबै कुरा मान्छु बरु
तिमी'नै सब थोक मेरो,जिंदगी नै सुम्पी सकें
जहाँ जहाँ पुग्छु म, सामीप्य'मै लान्छु बरु
जहाँ जहाँ पुग्छु म, सामीप्य'मै लान्छु बरु
स्वर्गको आभाष हुन्छ, तिमीसामू हुंदा खेरी
तिमी जानू स्वर्गमाथि, म'नै नर्क जान्छु बरु
तिमी जानू स्वर्गमाथि, म'नै नर्क जान्छु बरु
यो जुनी तिम्रै भयो, अर्को जुनी के हुन्छ खै
अर्को जुनी पाएँ भने,तिमीलाई नै छान्छु बरु
अर्को जुनी पाएँ भने,तिमीलाई नै छान्छु बरु